१५ वर्षीया किशोरी मृतावस्थामा फेला

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् ।
सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
‘उनको घाँटी थिचेर हत्या भएको हुनसक्ने आशंका छ । तर, विस्तृत् विवरण शव परीक्षणपछि आउला’–उनले भने ।
घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ । रासस
रुपन्देही वृन्दावन मृतावस्थामा फेला