अन्तरवार्ता भिडियो कभर स्टोरी

गोविन्दराज जोशीको गुनासोः गिरिजाबाबु दरबारसँग मिलेर मलाई हटाए (भिडियाे)

'तनहुँमा मेरो विरोध गर्ने कसैले जीवनभर चुनाव जित्दैन'

गोविन्दराज जोशीको गुनासोः गिरिजाबाबु दरबारसँग मिलेर मलाई हटाए (भिडियाे)

काठमाडौं । कुनै बेला नेपाली कांग्रेसमा निकै प्रभावशाली नेता हुन् गोविन्दराज जोशी । अचेल पार्टी राजनीतिमा निस्क्रिय छन् । गिरिजाप्रसाद कोइराला पार्टी सभापति बन्दाताका जोशी उनका अति विश्वासिलो पात्र थिए । मुख्य राजनीतिक निर्णयको बेला जोशीसँग पनि सल्लाह लिन्थे कोइराला ।

 

जोशीका अनुसार २०६२÷०६३ सालको जनआन्दोलनअघि बनेको ७ दलीय संयन्त्रको मुख्य ‘आर्किटेक्ट’उनी आफैँ हुन् । जटिल राजनीतिक परिस्थितिमा जोशीले मिहिनेत गरेर विभिन्न ७ दलको संयन्त्र बनाए ।

 

जतिबेला माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गर्ने मुख्य संसदीय दल नेपाली कांग्रेस नै थियो । र कांग्रेसका प्रभावशाली नेता थिए जोशी । 


माओवादीका तीन नेता कृष्ण बहादुर महरा, देव गुरुङ र राम बहादुर थापासँग जोशी र शेखर कोइरालाले अनौपचारिक वार्ता सुरु गरेको जोशीको दाबी छ ।

 

जब गिरिजा दिल्ली गए

गिरिजाका लागि दिल्ली पुगेर १२ बुँदे वार्ता गर्ने काम कतैबाट दिइएको दबाब थियो भन्छन् जोशी । कोइरालाको सोही कदमबाट जोशी टाढिएको बताउँछन् ।

 

‘गिरिजाबाबु बेला बेला म फसेँ भन्नुहुन्थ्यो,’ जोशीले भने, ‘उहाँलाई कसैले फसाएकै हो । राजसंस्था फाल्नु हुँदैन भन्ने मान्यता पछिसम्मै थियो उहाँको ।’

 


दरबारबाट दूर

अन्तरवार्ताको क्रममा जोशीले बीपीको उक्ती सुनाए हामीलाई, ‘बीपी भन्नुहुन्थ्यो भारत, दरबार र कांग्रेस मध्ये कुनै दुई शक्ति एक ठाउँ उभिए भने अर्को शक्ति समाप्त हुनेछ ।’

 

जोशीलाई लाग्दो रहेछ, दरबारले मलाई राम्रो ठान्दैन । जोशी आफैँ भने दरबारलाई प्रजातान्त्रिक बनाउनुपर्छ भन्ने राजनीतिक लाईनका नेता । माओवादी युद्ध र त्यस आसपासको समयमा गिरिजासँग पनि दरबारको राम्रो सम्बन्ध थिएन ।

 

कांग्रेसको अवस्था

कांग्रेस कार्यसमितिमा छैनन् उनी । तै पनि पार्टीको पछिल्लो गतिविधि चित्त बुझ्दैन रे । पार्टीले चुनाव लगायत पछिल्ला निर्णय पुनः बिचार गर्नुपर्ने उनको सुझाव छ ।

 

युवाहरुलाई नेतृत्व दिनुपर्छ भन्ने कांग्रेसभित्रको नयाँ धारबारे उनी कडा रुपमा प्रस्तुत भए । उनले ब्यंग्य गर्दै भने, ‘युवाको मुर्ती बनाएर मन्दिरमा राखेर पूजा गर्ने हो र ?’

 

रामचन्द्र पौडेलसँग दुश्मनी

एउटै जिल्लाका दुई कांग्रेसी नेता जोशी र पौडेलबीच दुश्मनी छ । दुई वर्षअघि एक दैनिक पत्रिकाले लेखेअनुसार उनीहरुबीच बोलचाल नै छैन । हामीले जोशीलाई अन्तरवार्ताकै क्रममा ‘बोलचाल नै कसरी बन्द भयो ?’भनी सोध्यौँ ।

 

जोशीले चलाखीपूर्ण तरिकाले औपचारिक कुराकानी हुने दाबी गरे । रोचक पक्ष त के भने पौडेल र आफ्नो रगतदेखि नै दुश्मनी रहेको भन्दै जोशीले जिल्लामा आफू नै बलियो संगठक भएको बताए ।

 

‘पौडेलजी पहिले कम्युनिष्ट हुनुन्थ्यो । म कांग्रेस । हाम्रो पृष्ठभुमि नै भिन्न । रगतदेखि नै हाम्रो भिन्नता भयो,’ उनले भने ।
 

 

गोविन्दराज जोशी गिरिजाबाबु

विशेष