Technology

अमेरिकी वैज्ञानिक भन्छन्, सूर्य चिसो हुँदै छ

अमेरिकी वैज्ञानिक भन्छन्, सूर्य चिसो हुँदै छ

एजेन्सी । पछिल्लो समय व्रमाह्णमा अनेक खोज हुँदैआएका छन् । केही रहस्यमय तथ्य पनि भेटिए । केही खतरनाक त केही रोचक । हालै अमेरिकास्थित एक विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एक अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपमा घट्ने छ । 

 

सन् २०५० अर्थात् अबको ३२ वर्षपछि सूर्य चिसो हुने अनुमान ती वैज्ञानिकहरुको छ । सौर्यचक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले यस्तो अनुमान बाहिर ल्याएसँगै यसबारे थप खोज र अनुसन्धान जारी छ ।

 

उनीहरुका अनुसार सूर्यको चिसोपनको असर संसारका सबै भूभागमा एकैनासले हुने छैन । तर दिर्घकालिन रुपमा यसले सबैतिर असर पुर्याउने उनीहरु बताउँछन् । वैज्ञानिकहरुको यस्तो तथ्य सिकागोको एउटा जर्नलमा केही महिनाअघि प्रकाशित छ ।


अध्ययनपछि बैज्ञानिकहरुले त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने प्रतिवेदन निकालेका थिए । 

 

अमेरिकी वैज्ञानिक सूर्य

विशेष