मनोरञ्जन

दिवंगत श्रीदेवीको स्थान माधुरीले लिने भइन्

दिवंगत श्रीदेवीको स्थान माधुरीले लिने भइन्

 बलिउड फिल्म निर्माता करण जाेहरको निर्माणमा बन्न लागेको फिल्म ‘कलंक’मा माधुरी दिक्षित मुख्य भूमिकामा देखिने भएकी छिन्। दिक्षित दिवंगत श्रीदेवीको भूमिकामा देखिने भएकी हुन्।

 

यसअघि फिल्ममा श्रीदेवी मुख्य भुमिकामा रहने तयारी थियो। तर श्रीदेवीको निधनपछि माधुरीले उनको स्थान लिने भएकी हुन्। फिल्ममा माधुरीसँगै संजय दत्त, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य राय कपुरलगायतको अभिनय रहने छ। 

 

पछिल्लो समय निर्माण भइरहेका बलिउड फिल्महरुमध्ये ‘कलंक’मा धेरै स्टार कलाकारहरुलार्इ सामेल गराइएकाे छ। अभिषेक वर्मनले निर्देशन फिल्ममा १९४० को दशकको कथा समेटिएकाे छ।

माधुरी दिक्षित श्रीदेवी

विशेष