महिलाबारे ९ रहस्यमयी तथ्य
महिलाको विषयमा अनेक कथन भेटिन्छन् । कसैले बयान गरेका छन् त कसैले वस्तुको रुपमा पनि ब्याख्या गरका छन् । खासगरी धर्मग्रन्थमा महिलाको आत्मसम्मानमा चोट पर्ने गरी पनि लेखिएको भेटिन्छ ।
महिलाको स्वभाव, ब्यबहार र कलाका बारेमा विभिन्न साहित्यमा मीथ नै बनेका छन् । पछिल्लो समय उनीहरुको मनोवैज्ञानिक पाटोबारे थुप्रै सर्वेक्षण र अध्ययन पनि भए ।
महिलाका बारेमा धर्मगुरुहरुले पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिँदैआएका छन् । आखिर महिलाबिना सृष्टि असम्भव छ । पूर्वीय दर्शनमा कहीँ भेटिन्छ कि, महिलाको भविष्य उसको मुहारमा हुन्छ ।
पुरुषको भविष्य मिहिनेत र कर्ममा निर्भर रहन्छ । सबैमा यो नियम लागु नहोला तर अधिकांश महिलारपुरुषमा यो नियम लागु हुने बिभिन्न अध्ययनले पनि देखाएको छ । भारतमा गरिएको एक सर्वेक्षण अनुसार महिलाका स्वभावबारे केही तथ्य भेटिएको छ । तिमध्ये ९ तथ्य यहाँ प्रस्तुत गरिएको छ ।
१. महिलाहरु आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् ।
२. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुषले दिनमा कम्तिमा ६ पटक झुट बोल्छन् ।
३. महिला वर्षमा कम्तिमा ३० देखि ६४ पटकसम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक ।
४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ ।
५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्नसक्ने सम्भावना पनि हुन्छ ।
६. गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ ।
७. सामान्यतः महिलाले आफ्नो जीवनकालमा कम्तिमा ४ वर्ष महिनावारी भएरै रहन्छन् ।
८. महिलाहरु जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोचेर विताउँछन् ।
९. महिलाहरु कम बोल्छन् । दिनमा उनीहरु २० हजार शब्द बोल्छन् तर पुरुष यसको तुलनामा १३ हजारले कम ।