मुख्य समाचार स्वास्थ्य

कमजाेरी र थकानबाट छुटकरा पाउन यी चिजकाे सेवन गर्नुहाेस्

कमजाेरी र थकानबाट छुटकरा पाउन यी चिजकाे सेवन गर्नुहाेस्

काठमाडौँ । रोगका कारण दुब्लोपन र कमजोरीका समस्या देखेका छन् ।अस्वभाविक तौल रोगको घर हो । तौल बढाउन स्वस्थ शरीरको मापदण्ड पुरा गर्न हो ।

 

त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ ।

 

लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् । शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ ।

 

मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

 

दुब्लोपनको समस्याबाट जोगिन यसो गर्नुस्:


केरा:दिनहुँ दुई/तीन केरा एक गिलास दूधसँग बिहान–बेलुका खानाले दुब्लोपन हटाउँछ ।


दैनिक स्याउको सेवन:दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।


किसमिस:किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान किसमिससहित पानीको पनि सेवन गर्ने । यसले दुब्लोपन हटाउन मद्दत गर्छ ।


मह र बेसार:एक चम्चा महमा एक चम्चा बेसार मिसाएर दिनहुँ सेवन गर्ने । यसले दुब्लोपन हटाउँछ ।


घिउ र मह:खाना खाएपछि दुई चम्चा घिउमा एक चम्चा मह मिसाएर खानाले वजन बढ्ने गर्छ ।


सुफ र मिस्री :बराबर मात्रामा सुफ र मिस्री मिसाउने र त्यसको धुलो बनाउने । दिनुहुँ खाना खाएपछि सुफ र मिस्रीको धुलो दुई चम्चा खाएमा पनि दुब्लोपन हटेर जान्छ ।


छोकडा, काजु र बदाम:चार/पाँच वटा छोकडा, दुई/तीन वटा काजु र दुई वटा बदाम हालेर एक गिलास दूध उमाल्ने । त्यसमा दुई चम्चा मिस्री मिसाएर दिनहुँ सुत्नअघि यस मिश्रणको सेवन गर्ने ।


अनार:अनारका बोक्रालाई सुकाएर पिस्ने । त्यस धुलोलाई बिहान–बेलुका नियमित रूपमा सेवन गर्नाले पनि दुब्लोपनबाट मुक्ति मिल्छ ।

तनावमुक्त रहने: राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।


दुध र मह: नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ ।

दुब्लोपन कमजोरी तौल बढाउन

विशेष