देश प्रदेश १

प्रदेश नं. १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

प्रदेश नं. १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बिहीबार विराटनगरमा सर्वदलीय बैठक बस्यो । 

 

मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ । 

 

अर्को सर्वदलीय बैठकमा दलबाट प्राप्त सुझाव पेश गर्न आग्रह गरिएको प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । 
 

प्रदेश नं. १ सर्वदलीय बैठक

विशेष