माउरिन्होको अनौठौ अभ्यासले म्यान युले च्याम्पियन्स लिग खेल्ने पक्का
काठमााडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडबाट बाहिरिएको म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होको ध्यान अहिले एफ ए कपतर्फ केन्द्रित भएको छ । यसैकारण उनले प्रिमियर लिगमा बर्नमाउथसँगको खेलमा एउटा प्रयोग गरे ।
गत आइतबार अंक तालिकाको पुछारमा रहेको वेष्ट ब्रोमसँग पराजित भएपछि मोउरिन्होले बर्नमाउथसँगको खेलमा सात जना खेलाडी परिवर्तन गरे । उनको यो प्रयोग सफल पनि भयो ।
बर्नमाउथसँगको खेलमा युनाइटेडले दई शुन्यले जित्यो । म्यान युलाई जिताउन क्रिस स्मालिङ र सब्स्टिच्युटका रुपमा मैदान छिरेका रामेलु लुकाकुले गोल गरे ।
प्रशिक्षक माउरिन्होले जितपछि एफ ए कपको सेमिफाइनलमा टोटनह्यामसँग राम्रो प्रदर्शन गर्ने छनक मिलेको बताएका छन् । सिजनको अन्तिम उपाधि जित्ने आशा कायम राख्दै म्यान युले अब शनिबार एफ ए कफको सेमिफाइनलमा टोटनह्यामसँग खेल्दै छ । आफूले त्यो खेलमा स्थान बनाउन सबै खेलाडीलाई अवसर दिन चाहेको पनि बताए ।
यो नतिजासँगै चार खेल बाँकी छँदै म्यान यु ले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ भने तेश्रो स्थानको लिभरपुलसँग चार अंकको अग्रता पनि बनाएको छ ।
म्यान्चेष्टर युनाइटेड