देश

राजा वीरेन्द्रको नाममा उत्पादित बियरप्रति राप्रपा विद्यार्थीको विरोध, बन्द नगरिए कडा संघर्षमा उत्रने

राजा वीरेन्द्रको नाममा उत्पादित बियरप्रति राप्रपा विद्यार्थीको विरोध, बन्द नगरिए कडा संघर्षमा उत्रने

काठमाडौँ । नेपालका स्वर्गीय राजा वीरेन्द्रको मदिरा पिउन लागेको फोटोसहित 'वीरेन्द्र' नाममा बियर उत्पादन गरी बिक्री वितरण गरेको समाचार प्रकाशन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनले संघर्षमा उत्रने चेतावनी दिएको छ।

 

नेपालीका लाेकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डकाे कम्पनीले बेचिरहेको छ ।  बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ।

 

 पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ।  Turbinenbräu नामको स्विजरल्याण्डकाे  कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो।तर अर्काे https://www.intercomestibles.ch नामक वेबसार्इटका अनुसार CHF 44.40 मुल्य पर्न अाउँछ यसकाे नेपाली भनेकाे ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । 

 

 नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ।  श्रेणीगत हिसाबमा हेर्दा याे बियर अग्रपङ्क्तिमा देखिन्छ ।  बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्। 

अर्को स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो। Turbinenbräu नामक कम्पनी स्वीजरल्याण्डकाे एक नम्बर पेय पदार्थ उत्पादक कम्पनी रहेकाे विभिन्न वेबसार्इटमा उल्लेख छ । र्इ.सं. १९९६ मा स्थापना भएकाे याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राे बजार लिएकाे छ । 

याे पनि पढ्नुहाेस्ःराजा वीरेन्द्रको ब्रान्ड नाम दिएर बियर बेच्दै स्विस कम्पनी


'यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलात्कार हो', अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस विषयमा सत्य तथ्य बुझी उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं।'


'यदि यो गलत कार्य समयमा नै बन्द नभए राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ। 


उता वीरेन्द्र बियर उत्पादन गर्ने कम्पनीले भने पहिलोपोस्टसित इमेल कुराकानीमा 'लिमिटेड ट्रिब्युट इडिसन'का रुपमा यो बियर उत्पादन गरिएको र यो बियर अहिले आउट अफ स्टक भइसकेको  बताएको छ। 

प्रेस विज्ञप्ति हेर्नुहाेस् ः

राजा वीरेन्द्र बियर बिक्री वितरण

विशेष