खेल

केविनको आत्मघाती गोलले चेल्सी विजयी

केविनको आत्मघाती गोलले चेल्सी विजयी

काठमाडाैं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता चेल्सीले जित हात पारेको छ । बिहिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई २ – १ ले पराजित गरेको हो । 

 

बर्नलीको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन भिक्टोर मोसेसले एक गोल गरे । बर्नलीका केभिन लङले आत्मघाती गोल गर्दा एश्ले बर्नेसले एक गोल फर्काए ।

 

टुर्फ मुर स्टेडियममा चेल्सीले खेलको २० औं मिनेटमा लङको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको ६४ औं मिनेटमा बर्नलीका बर्नेसले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

 

तर, खेलको ६९ औं मिनेटमा मोसेसले गोल गर्दै चेल्सीलाई २ – १ को जित दिलाए । यो जितसँगै चेल्सीले शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । लिगको पाँचौ स्थानको चेल्सीले ३४ खेलबाट ६३ अंक जोडेको छ । 

 

५२ अंक जोडेको बर्नली लिगको सातौं स्थानमा रहेको छ । लिग विजेता म्यानचेस्टर सिटी ८७ अंक रहेदा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ अंक छ । यस्तै लिगको तेस्रो स्थानमा लिभरपुल र चौथो स्थानमा टोटनह्याम रहेको छ ।


प्रिमियर लिग अन्तर्गत नै बिहिबार राति लेष्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । ४४ अंक जोडेको लेष्टर आठौं स्थानमा रहेको छ भने २९ अंक जोडेको साउथह्याम्पटन रेलिगेसन जोनमा रहेको छ ।

इन्ग्लिश प्रिमियर लिग फुटबल

विशेष