मुख्य समाचार

त्रिभुवन विमानस्थलको आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय अझै अनिश्चित

त्रिभुवन विमानस्थलको आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय अझै अनिश्चित

काठमाडौं । मालिन्दो एयरको विमान धावन मार्गमा भासिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान शुरु भएको छ ।

 

मलेसियाको उडान भर्ने क्रममा बिहीबार राति मालिन्दो एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान प्रभावित भएका थिए । 

 

आन्तरिक उडान केहीबेर अघिबाट शुरु भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। आन्तरिक उडान शुरु भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अनिश्चित छ । 

 

धावन मार्गमा धस्सिएको विमान हटाउने प्रयास भइरहेकाले छ । उडान अवरुद्ध हुँदा टर्मिनलमा सयौं यात्रुहरु अलपत्र परेका थिए । 

 


मस्कट, फ्लाइ दुबई, कुबेतलगायतका विमान कम्पनीका जहाज बाटोबाटै नयाँदिल्ली, लखनऊलगायतका ठाउँमा अवतरण गराइएको छ भने कतार एयरलगायतका केही कम्पनीले शुक्रबारका लागि काठमाडौंको उडान स्थगित गरेका छन्।

 

यसले हजारौँ यात्रु मर्कामा परेको छन्। बिहिबार राति पौने १० बजे मलेसियाका लागि उड्न लाग्दा मालिन्दो एयरको विमान धवानमार्गमा अनियन्त्रित भएर ग्राउण्डेड भएकाे थियाे । 

 

मलेसियाको क्वालालम्पुरका उड्न लाग्दा धवानमार्ग छोडेर बिमान चौरतिर पुगेको थियो। विमान धवानमार्गभन्दा १३० फिट दक्षिण पुगेर जमिनमा धसिएको छ । जहाजमा रहेका चालक दलका सदस्यसहित सबै १ सय ३९ यात्रु सकुशल छन्।
 

त्रिभुवन विमानस्थल मालिन्दो एयर

विशेष