अपराध सुरक्षा मुख्य समाचार

गुण्डा नाइके मनोज पुनको डायरीमा ४ सय उद्योगीको नाम भेटियो

गुण्डा नाइके मनोज पुनको डायरीमा ४ सय उद्योगीको नाम भेटियो

बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको डायरीमा ४ सय उद्योगीको नाम टिपाेट गरेर राखिएकाे अवस्थामा भेटिएको छ । उनी फागुल्न ९ गते रुपन्देहीको देवदहमा प्रहरीसँगकाे मुठभेडमा मारिएका थिए ।

 

युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी, बसन्त पौडेलको र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याकाे जिम्मा पुनकाे समूहले लिएकाे थिए । 


पुनले धम्की दिएर पैसा उठाउन  ४ सय उद्योगीको सूची तयार पारेको हुन सक्ने अनुमान गरिएकाे छ । तर, पैसा उठाएकाहरुको नाम मनोजको डायरीमा नभेटिएको एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

 

मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान गरिएकाे छ । जोगेन्द्र भारतीय नागरिक हुन्। उनले नेपालको पनि नागरिकता बनाएको पाइएको छ । पक्राउ परेका सबैको सम्पत्ति छानविन हुने रुपन्देहीका एसपी ज्ञवालीले बताए ।

मनोज पुन

विशेष