खेल

बैङलोर विरुद्द सन्दिपलाई उतार्नसक्ने दिल्लीकाे सङकेत

बैङलोर विरुद्द सन्दिपलाई उतार्नसक्ने दिल्लीकाे सङकेत

इन्डियन प्रिमियर लिग आईपीएलमा ४ खेलमा ३ मा हार ब्यहोरेको दिल्ली डेयर डेभिल्सले ५ औँ खेलमा सन्दीप लामिछानेलाई मौका दिने सङकेत देखाएको छ ।

 

दिल्लीले चौथो खेलमा कोलकातासंगको ठूलो हार पछि दिल्लीको अधिकारिक वेबसाइटले हारको ५ वटा कारण बिश्लेषण गरेको छ । जसमा सन्दिप लामिछानेको बारेमा पनि उल्लेख गरिएको छ ।

 

दिल्लीको अधिकारिक वेबसाइटमा अनुभवी खेलाडी अमित मिश्राका साथै नेपाली शेन वार्न सन्दिप लामिछानेलाई मौका दिन सकिने लेखेको छ ।

 

कोलकाता विरुद्ध टिमका स्पिनरले धरै रन दिएको तर ब्याटिङमा स्पिनरसँग नै दबावमा परेको उल्लेख गरेको छ ।

 

दिल्लीको यो भनाईले सन्दीपले पाचौँ खेलमा मौका पाउने सम्भावना उच्च रहेको छ । पाचौँ खेल दिल्लीले रोयल च्यालेन्जर बेङ्लोर विरुद्द शनिबार खेल्दैछ ।


 

सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग दिल्ली डेयर डेभिल्स

विशेष