मनोरञ्जन चलिरहेको फ्लिम

फुर्सदमा हुनुहुन्छ? हुनुहुन्छ भने जानुहाेस्, अाजै स्वर्ग मेरो गाउँ हेर्न हलमा

फुर्सदमा हुनुहुन्छ? हुनुहुन्छ भने जानुहाेस्, अाजै स्वर्ग मेरो गाउँ हेर्न हलमा

काठमाडौं । आज शुक्रबारबाट एकमात्र चलचित्र ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो चलचित्र प्रदर्शनमा आएको हो । 

 

यद्यपी देशभरका चलचित्र भवन ‘स्वर्ग मेरो गाउँले’ मात्र पाएको भने होइन । अघिल्लो साता प्रदर्शनमा आएको दुई चलचित्र ‘लिलिबिलि’ र ‘नेप्टे’ र केही साता अगाडी आएको ‘शत्रु गते’ ले पनि यो साता निरन्तरता पाएको छ । 


‘स्वर्ग मेरो गाउँ’
नरेन खड्का र भावाना गुरुङ अभिनित चलचित्र हो ‘स्वर्ग मेरो गाउँ’ । रामकृष्ण बजगाइँको निर्माण तथा निर्देशन रहेको चलचित्रले गाउँलाई स्वर्ग बनाउन लागि परेका युवाको कथा उठाएको छ ।

 

अष्ट महर्जनको द्वन्द्व, गोविन्द राईको नृत्य रहेको चलचित्र प्रचार प्रसारमा भने कमजोर देखिएको छ ।


दोस्रो सातामा ‘लिलिबिलि’ र ‘नेप्टे’
गत शुक्रबारबाट प्रदर्शनमा आएका यी दुबै चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेका हुन् । पहिलो साता यी दुबैले चलचित्रले राम्रो ब्यवसाय गरेको निर्माताहरुको दाबी रहेको छ । ‘लिलिबिली’ मिलन चाम्स निर्देशित प्र्रदीप खड्का र नव अभिनेत्री जसिता गुरुङ अभिनित चलचत्रि हो । 

 

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । 

 

‘नेप्टे’का निर्देशक देव कुमार श्रेष्ठ रहेका छन्, भने यसमा रोहित रुम्बा, छुल्ठिम गुरुङ, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा लगायतको अभिनय रहेको छ । अभिनेता रोहित रुम्बाले नै नेप्टे निर्माण गरेका हुन् । 

चलचित्र स्वर्ग मेरो गाउँ

विशेष