अपराध सुरक्षा मुख्य समाचार

मोटरसाइकल चोरी गर्दै सस्तोमा बेच्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्दै सस्तोमा बेच्ने गिरोह पक्राउ

ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

 

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी दाङको तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर विक्री गर्ने गिरोहलाई सार्वजनिक गरेको हो।

 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वली लगायत मोटरसाइकल चोरीमा सम्लग्नसहित ५ जनालाई सर्वाजनिक गरेको छ।

 

प्रहरीका अनुसार मोटरसाइकल चोरी गर्ने गिरोहमा सम्लग्न तुलसीपुरको वडा नम्बर २ का खगेन्द्र, तुलसीपुर ८ का केशव भण्डारी, सोही ठाउँका कुलानन्द वली भने फरार रहेका छन्।

 

त्यस्तै, प्रहरीले चोरीका मोटरसाइकल खरिद विक्रीमा सम्लग्न व्यक्तिहरूको नाम पनि सार्वजनिक गरेको छ। तुलसीपुर २ निवासी खगेन्द्र गिरी, सोही ठाउँका केशव भण्डारी, सोही ठाउँकै कुलानन्द वली, रोल्पा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ निवासी भानु केसी, रोल्पाको गंगादेवी गाउँपालिका वडा नम्बर २ ओइलाम निवासी भुपाल वलीले चोरीका मोटरसाइकल खरिद विक्री गर्ने गरेको जानकारी दिएको छ।

 

उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको ईप्रका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

 

सोही आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका– ८ टिकरी निवासी २१ वर्षीय कृष्ण घर्ती, सोही ठाउँका २० वर्षीय कृष्ण वलीलगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित पाँच जनालाई सार्वजनिक गरिएको थियो ।

 

उक्त गिरोहले रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्ला रोल्पामा लगेर रु २५ देखि ५० हजार मूल्यमा बिक्री गर्ने गरेको इप्रका प्रमुख सापकोटाले बताए ।

 

पटक-पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्यअनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

 

बरामद गर्दै आएको भए पनि यसरी गिरोह नै पक्राउ गर्न सकेको थिएन।

मोटरसाइकल चोरी पक्राउ गिरोह

विशेष