मुख्य समाचार स्वास्थ्य

भोक कैयौँ प्रकारका हुन्छन्, तपाईंलाई लाग्ने कस्तो हो ?

भोक कैयौँ प्रकारका हुन्छन्, तपाईंलाई लाग्ने कस्तो हो ?

पेट दुख्नु, पोल्नु या मच्मचाउनुको एउटा कारण भोक पनि हो । यो विषयमा सबै मानिस जानकार छन् । तर, भोक पनि कैयौँ प्रकारका हुन्छन् भन्ने कुराचाहिँ धेरैको सोचाइभन्दा बाहिरको कुरा हो । यद्यपि, भोकका प्रकार पहिचान गर्नचाहिँ जरुरी हुन्छ ।

 

किनकि, कहिलेकाहीँ मानिस कम भोक लागेको अवस्थामा पनि बढी खाने गर्छन् । यस्तो अवस्थामा बढी भोजन गर्दा शरीरले अतिरिक्त क्यालोरी ग्रहण गर्न थाल्छ । जसले शरीरको तौल बढ्न जान्छ । भोकका पनि शारीरिक र मानसिक कारण हुन्छन् । यी हुन् भोकका केही प्रकार :

 

वास्तविक भोक (रियल हंगर)
यस्तो भोक सबैभन्दा महत्वपूर्ण हुन्छ । यस्तो प्रकारको भोक लाग्न जरुरी पनि हुन्छ । किनकि, हरेक मानिसलाई खानाको जरुरत पर्छ । खानाविना मानिस बाँच्न सक्दैन । यस्तो भोकको असर शरीरमा पनि देखिने गर्छ ।
यस्तो भोक बढी लागेमा वा भोकाएको वेला नखाएको अवस्थामा ब्लडमा सुगरको मात्रा कम हुने, ऊर्जाको कमी, टाउको दुखाइ, पेटमा समस्यालगायतका शारीरिक प्रतिक्रिया देखिन्छन् । यस्तो प्रकारको भोक मेटाउनका लागि स्न्याक्स या फ्रुट्सलाई सँगैको ब्यागमा राख्न सकिन्छ ।
टिभी हंगर
अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनको रिसर्चअनुसार मानिसले अन्यत्र कहीँ ध्यान दिएको अवस्थामा अत्यधिक खाने गर्छ । जसबाट अत्यधिक क्यालोरी पनि ग्रहण गर्छ । शोधकर्ताहरूले भनका छन् कि टिभी अन गर्नुभन्दा पहिले यसबारे राम्ररी सोच्न जरुरी छ कि तपाईंलाई कति भोक छ ।
बोरिङ अवस्थामा
यदि तपाईं बोरिङ वा तनावपूर्ण अवस्थामा हुनुहुन्छ भने जस्तो स्थितिमा पनि ध्यान सबैभन्दा पहिले खानामा जाने गर्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि सबैभन्दा पहिले आफूलाई व्यस्त राख्नुपर्छ । किनभने, बोरिङ क्षणलाई पनि प्रभावकारी तरिकाले उपयोग गर्न सकियोस् ।
दिनको भोक
लन्च लिएको केही घन्टा बितेपछि प्रायः मानिस चिया पिउने तयारीमा हुन्छन् । यस्तो समय हल्का भोक त हुन्छ नै । यस्तो अवस्थाबाट बच्नका लागि सबैभन्दा राम्रो तरिका भनेको खानाको योजना बनाउनु हो । यस्तो भोकबाट बच्न ब्याग वा अफिसको ड्रअरमा हाई प्रोटिनयुक्त स्न्याक्स राख्न सकिन्छ । जसको प्रयोगले डिनरभन्दा अघि कडा भोक लाग्नबाट बचाउँछ । तर, यस्तो स्न्याक्समा बढी फ्याट भने हुनुहुँदैन ।
स्ट्रेस हंगर
जब तपाईंको मुड खराब हुन्छ वा तनावमा हुनुहुन्छ, त्यतिवेला खानामा ध्यान जाने गर्छ । यस्तो अवस्थामा आफ्नो ध्यानलाई अरू नै कुरामा लगाउनुपर्छ । यस्तो गतिविधिले भोक लाग्ने विचारलाई मस्तिष्कबाट हटाउन सहयोग गर्छ । मनिसले तनावको अवस्थामा १० गुणाभन्दा बढी खाने विभिन्न अनुसन्धानले पत्ता लगाएका छन् ।
विनाभोकको खाना
कुनै–कुनै समय यस्तो हुन्छ कि भोक नलागेको अवस्थामा पनि केही खाने चाहना हुन्छ । यस्तो अवस्थामा खानुपूर्व एकपटक सोच्न जरुरी हुन्छ । व्यस्त समयबाट ब्रेक लिन लागेको वेला यस्तो हुन सक्छ ।
यसो हो भने त्यसको केही समयपछि ब्रेक लिँदा राम्रो हुन्छ । यस्तो गर्दा न भोक लाग्छ न त कुनै खानेकुरा नै खाइन्छ । यस्तो अवस्थाबाट बच्नका लागि रिल्याक्स हुनुभन्दा अन्य विकल्पको छनोट गर्नुपर्छ । यस्तो अवस्थामा हल्का शारीरिक क्रियाकलाप गर्दा पनि राम्रो हुन्छ ।

भोक पेट दुख्नु

विशेष