खेल मुख्य समाचार

आईपीएल : कोलकाताद्वारा पञ्जाबलाई १९२ रनको टार्गेट प्रस्तुत

आईपीएल : कोलकाताद्वारा पञ्जाबलाई १९२ रनको टार्गेट प्रस्तुत

इन्डियन प्रिमियर लिग(आईपीएल) किंग्स इलाभेन पञ्जाबसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाता नाइटराइडर्सले १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

 

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो । कोलकाताका लागि क्रिस लिनले ४१ बलमा ६ चौका र ४ चौकाको सहयोगले ७४ रन बनाए ।

 

 त्यस्तै कप्तान दिनेश कार्तिककले २८ बलमा ६ छक्का प्रहार गर्दै ४३ रन बनाए । रोबिन उथप्पाले २३ बलमा ५ चौका र १ छक्काको सहयोगले ३४ रन बनाए । 

 

किंग्स इलाभेन पञ्जाब १९२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको छ । क्रिस गले र लोकेश राहुलको ओपनिङ जोडीले राम्रो सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म पञ्जाबले २ ओभरको समाप्तीमा २२ रन बनाएको छ ।

कोलकाता आईपीएल पञ्जाब

विशेष