अपराध सुरक्षा मुख्य समाचार

मध्यपुर थिमी नगरपालिका प्रमुख श्रेष्ठमाथि अाक्रमण

मध्यपुर थिमी नगरपालिका प्रमुख श्रेष्ठमाथि अाक्रमण

काठमाडौं । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ। शनिबार अपराह्न दुई जनाले प्रमुख श्रेष्ठलाई उनकै घरअगाडि आक्रमण गरेका हुन्। आक्रमणकारीको पहिचान खुलेको छैन। दुई जनाले श्रेष्ठलाई रड प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन्। 


श्रेष्ठको हात र खुट्टामा चोट लागेको छ। घाइते श्रेष्ठको उपचार मध्यपुर अस्पताल थिमीमा भइरहेको छ। उनी चढेको बा ८ च ८७२० नम्बरको कारको सिसा फुटेको छ। आक्रमणकारीको खोजीमा प्रहरी खटिएको छ।
 

आक्रमण मदनसुन्दर श्रेष्ठ मध्यपुर थिमी नगरपालिका

विशेष