राजस्थानमाथि चेन्नईको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्स विजयी भएको छ । राजस्थान रोयल्समाथि चेन्नाईले ६४ रनकाे फराकिलाे जित हात पारेकाे हाे ।
अहिलेसम्म भएका चार खेलमा चेन्नाईको तेस्रो जित हो भने राजस्थानको लागि पाँच खेलमा तेस्रो हार हो । घरेलु मैदानमा पहिले व्याटिङको निम्तो पाएको चेन्नाईले पाँच विकेटको क्षतिमा राजस्थान रोयल्सलार्इ २०४ रनकाे चुनाैती दिएकाे थियाे ।
जवाफमा राजस्थान रोयल्स १८ ओभर ३ बलमा १४० रन बनाएर अलआउट भयो । चेन्नाईको जितमा शेन वाटसनले शतक प्रहार गरे । उनले ५७ बलमा १०६ रन बनाए जसमा ९ चौका र ४ छक्का प्रहार गरे । टि–२० करियरमा उनको यो चौथो शतक हो ।
यो जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिको छ । समान ६ अंक नै भए पनि कोलकाता नाइट राइडर्स, सन राईजर्स हैदरावाद र किंग्स इलावेन पञ्चाव रन रेटका आधारमा चेन्नईभन्दा मुनी छन् ।
राजस्थान भने पाँचौ स्थानमा छ । ५ खेलबाट उसले ४ अंक मात्र बटुलेको छ ।
आईपीएल चेन्नई राजस्थान