खेल

आइपीएल : वाट्सनले २४ घण्टामै गेललाई पछि पारे

आइपीएल : वाट्सनले २४ घण्टामै गेललाई पछि पारे

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को जारी सिजनमा एकपछि अर्को शतक बनाउने क्रम शुरु भएको छ । बिहीबार मात्रै शतकीय पारी खेलेर चर्चामा आएका क्रिस गेलको रेकर्ड २४ घण्टा नबित्दै तोडिएको छ । 

 

अष्ट्रेलियाका शेन वाट्सनले जारी आइपीएलमा शुक्रबार दोस्रो शतक प्रहार गरेर गेलको रेकर्ड तोडेका हुन् । चेन्नाई सुपरकिंग्सबाट खेलिरहेका उनले शुक्रबार राति राजस्थान रोयल्सविरुद्ध पुनेमा जारी खेलमा शतक प्रहार गरेका हुन्। 

 

यो वाटशनको आइपीएलमा तेस्रो शतक हो । किंग्स एलेवेन पन्जाबका क्रिस गेलले बिहीबारमात्रै सनराईजर्स हैदरावादविरुद्ध आइपीएलको पहिलो शतक प्रहार गरेका थिए । 

 

गेलले ११ छक्कासहित ५८ बलमा शतक प्रहार गरेका हुन् । वाटशनले भने ५१ बलमै शतक पूरा गर्दै गेलभन्दा छिटो शतक पूरा गरे । समग्रमा ५७ बलमा १ सय ६ रनको इनिङ खेलेका ३६ वर्षिया वाटसनले ४ चौका र ६ छक्का प्रहार गरे । 

 

पहिलो क्याच छोड्दा वाटशन ९ र दोस्रो क्याच छुट्दा १९ रनमा खेलिरहेका थिए । पछि अठारौं ओभरको दोस्रो बलमा वाटशनले सेञ्चुरी पूरा गर्दै यस सिजनको अहिलेसम्मको छिटो शतकको रेकर्ड बनाए ।

 

आइपीएल

विशेष