मनोरञ्जन

प्रियंकालाई पठाइएको त्यो डरलाग्दो चिठीमा आखिर के थियो ?

प्रियंकालाई पठाइएको त्यो डरलाग्दो चिठीमा आखिर के थियो ?

नायिका प्रियंका कार्की ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनी परिवारसहित त्यहाँबाट अन्त सर्न लागेकी हुन् ।


घर साँघुरो भएको महसुस गरेर २, ३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो । तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि यथाशीघ्र सर्नुपर्ने अवस्था आएको हो ।

 

‘म पहिले सामान डेलिभरी वा अरु प्रयोजनका लागि जोसुकैलाई आफ्नो घरको ठेगाना दिने गथेँर्, तर त्यसो गर्नु नहुने रहेछ,’ उनले भनिन् ।


प्रियंकाले चाहेजस्तो घर भेटिइसकेको भए पनि त्यो कुन ठाउँमा हो भन्ने खुलाउन चाहिनन् । उनले भनिन्, ‘अब त म चेतिसकेँ, आफ्नो घरको एड्रेस दिँदै दिन्न,’ उनले भनिन् ।

 

उनलाई भेट्न भन्दै धेरै अपरिचित व्यक्ति घरमै आउने गरेका छन् । तीमध्ये एक जनाले आफूलाई प्रियंकाको फ्यान बताउँदै बारम्बार घर आएपछि प्रियंकाका बाबुले आइन्दा नआउन सम्झाए । तर, उनले टेरेनन् ।


करिब एक महिनाअघि उक्त व्यक्ति एउटा चिठी बोकेर आए । उक्त चिठी प्रियंकाको घरमा काम गर्ने दिदीलाई छोडेर गए । चिठी खोलेर हेर्दा त्यहाँ चेतावनीयुक्त यस्तो सन्देश रहेछ – म तिमीलाई धेरै माया गर्छु, मैले पटक पटक भेट्ने प्रयास गर्दा पनि तिमीले भेट्न चाहिनौ, अब यसको नतिजा नराम्रो हुनेछ । 

 

सो चिठी पढेर प्रियंका र उनको परिवार चिन्तित बनेका छन् । पछि उनले दुःख दिन सक्ने बुझेर प्रियंकाका बाबुले कमलपोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेको प्रियंकाले बताइन् ।

 

‘म आफ्ना फ्यानसँग भेट्न अनिच्छुक होइन, तर ती व्यक्तिको इन्टेनसन गलत देखियो,’ प्रियंकाले भनिन्, ‘भेट्ने नाममा फ्यानहरु घरमै आएको पनि त ठिक होइन नि ।’

 

उनले अब सामान वा कार्ड डेलिभरीको लागि आफ्नो ठेगाना दिन छोडेको बताइन् ।

 

‘कि बुवाको अफिसको एड्रेस दिन्छु कि मेगा बैंक अर्थात् रविना देशराजको अफिसमा पठाइदिनुस् भन्छु,’ उनले भनिन् ।

प्रियंका कार्की डरलाग्दो चिठी

विशेष