अन्तरवार्ता कला साहित्य भिडियो कभर स्टोरी

साहित्यले समस्या मात्रै होइन, समाधान पनि देखाउनु पर्छ (भिडियो)

साहित्यमा पनि राजनीति गन्ध आउन थाल्यो

साहित्यले समस्या मात्रै होइन, समाधान पनि देखाउनु पर्छ (भिडियो)

काठमाडौं । भन्ने गरिन्छ, ‘कविहरुको कल्पनाको कुनै सीमा हुँदैन ।’ आम मानिसले सोच्न नभ्याएका विषयमा कविहरुको कलम चल्छ । शब्द तिनै हुन्छन्, विषय तिनै हुन सक्छन्, तर शब्द शब्द बुनेर माला बनाउने शिल्पीले तयार हुन्छ एक सिर्जना । यो सिर्जना के हो ? जीवन र सिर्जनाबीचको अन्तरंग के हो ? भन्ने विषयमा गजल संग्रह अम्लान फूलकी सर्जक साहित्यकार शान्ति शर्मासँग नेपालआजले अन्तरंग कुराकानी गरेको छ । 

 

पछिल्लो समय साहित्यमा पनि राजनीतिक गन्ध देखिन थालेको शर्मा बताउँछिन् ।

 

उनले भनिन्, ‘साहित्यलाई गलत तरिकाले प्रयोग गरेर व्यक्तिगत रुपमा प्रतिरोध साँध्ने काम भइरहेको छ । यसले साहित्य क्षेत्रलाई राम्रो गर्दैन।’


साहित्यले सामाजिक मुद्दालाई उठाउनुभन्दा पनि गुनासो पोख्ने मध्याम बनाउने शर्माको बुझाइ छ । 


उनले साहित्य प्रचारप्रसारको सामाग्री बनाइने गरेको भन्दै केही सिक्न चाहने नयाँ पुस्तालाई गाह्रो भएको बताइन् । 

 

साहित्यले समस्याको उजागर गर्ने तर समाधानका उपाए बाटो नदेखाउने गरेको उनले गुनासो गरिन् । 


अम्लान फूल

शर्माको गजल संग्रह ‘अम्लान फूल’  बजारमा आएको छ  । अम्लान फूल नामक  गजल संग्रह माया प्रेममा केन्द्रित रहेको देखिन्छ ।

 

संगीतप्रतिको मोहले आफूलाई गीत गजल तिर डोहो¥यायो र त्यसले मूर्तरुपले लिँदा अम्लान फूलको जन्मका उनी बताउँछिन् । यसको नाम पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेले जुराई दिनुभएको उनले बताइन् । 

 

आफू प्रकृतिप्रेमी भएको भन्दै कहिले नसुक्ने फूल अम्लानलाई गजल संग्रहको नामकरण गरेको शर्माको भनाइ छ । उनले केही समयपछि उपन्यास बजारमा ल्याउने तयारी गरिरहेको सुनाइन् ।

 

उनले भनिन्,‘ साहित्यकारहरुमा बीपी कोइराला, झमक घिमिरे मन पर्छन् । तर मनपर्ने कृति भने जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ नै हो।’ 

शान्ति शर्मा साहित्य अम्लान फूल

विशेष