पुर्व डीआईजी निरौला पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो सुन तस्करी र त्यसले निम्त्याएको हत्या प्रकरणको अनुसन्धानका लागि पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरिएको छ।
गृह मन्त्रालयको छानबिन समितिले उनलाई आइतबार बिहानमात्र बयानका लागि पत्र काटेको थियो। निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए। स्रोतका अनुसार
स्रोतका अनुसार निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको छ।
२०७३ सालमा विमानस्थलबाट भित्रिएको साढे ३३ केजी अबैध सुनमा अनुसन्धानमा नतानिएका निरौलालाई यसपटक गत माघमा भित्रिएको सोही परिमाणको सुनमा भने पक्राउ गरिएको छ। त्यतिबेला निरौला त्रिभुवन विमानस्थलको प्रहरी प्रमुख थिए।
त्रिभुवन विमानस्थल सुन तस्करी गोविन्द निरौला डिआईजी