ट्राफिक प्रहरीका सईले महिलालाई एसिड छ्यापे

चितवन । रत्ननगरमा एक ट्राफिक प्रहरीले महिलामाथि एसिड हानेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् ।
श्रेष्ठको टाउकोमा एसिड परेको छ ।
५२ वर्षीय खनियाँ भरतपुर १२ का हुन् र तीन वर्षदेखि इप्रका टाँडीमा कार्यरत थिए भने पीडित महिला भरतपुर नगरपालिका-४ त्रिचोकमा कोठा लिएर बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार टाँडीबाट आएका खनियाँ र श्रेष्ठबीच पुरानै चिनजान रहेको देखिएको छ ।
घटनाबारे अनुसन्धानका लागि खनियाँलाई पक्राउ गरिएको छ भने श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रभू ढकालले जानकारी दिए ।
ट्राफिक प्रहरी चितवन एसिड