अपराध सुरक्षा देश

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विस्फोट

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विस्फोट

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको निवासमा बम विस्फोट गराइएको छ ।


यादवको ललितपुर हात्तीवनस्थित निवासमा आइतबार साँझ ७ बजेर ५० मिनेटको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट घरको पर्खालमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले घटनामा कुनै मानवीय क्षति नभएको बताए ।

 

उनका अनुसार घटनापछि उक्त क्षेत्रमा प्रहरी परिचलन गरिएको छ । घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

 

बिष्फोटबाट घरको मुल गेटको सिसा तथा कम्पाउण्डको पर्खाल फुटेको छ। कसले बिष्फोट गरायो भन्ने खुलेको छैन। ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घर रहेको छ । ।

 

बिष्फोटमा कुनै मानवीय क्षती नभएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताएका छन ।  बिष्फोट आवाजले स्थानीयहरु समेत तर्सिएका थिए।


साँझ करिब ८ बजे उनको घरमा बिष्फोट भएको हो।  प्रहरीले घेरा हाली थप बिष्फोटक पदार्थ हुनसक्ने भएकाले सर्च गरेको छ।

अयोधिप्रसाद यादव बम विस्फोट

विशेष