खेल

आइपीएल : बेंगलोरद्वारा दिल्ली ६ विकेटले पराजित

आइपीएल :   बेंगलोरद्वारा दिल्ली ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । ११ औँ संस्करणको सिजनमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्सको यो दोस्रो जित दर्ता गरेको छ ।

 

घरेलु मैदानमा भएको खेलमा दिल्ली डियर डेभिल्समाथि बैंग्लोरले ६ विकेको जित निकालेकाे हाे । दिल्लीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य बैंग्लोरले १८ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । 

 

बैंग्लोरको जितमा एबी डी भिल्लियर्स नायक बने । उनले मात्रै ३९ बलमा १० चौका र पाँच छक्काको सहयोगमा नटआउट ९० रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १७४ रन बनायो ।

 

उसका लागि ऋशव पन्तले ४८ बलमा ८५ बनाएका थिए ।  पाँच खेलमा दोस्रो जित दर्ता गरेको बैंग्लोर चार अंकसहित पाँचौँ स्थानमा छ । दुई अंक मात्रै जोडेको दिल्ली पुछारमा छ ।

आइपीएल दिल्ली बेंगलोर

विशेष