खेल

आईपीएलमा गेल निरन्तर चम्किएपछि पञ्जाव शिर्षमा

आईपीएलमा गेल निरन्तर चम्किएपछि पञ्जाव शिर्षमा

काठमाडाैं । आईपीएल क्रिकेटमा ‘युनिभर्स बोस’ किंग्स इलाभेन पञ्जावका स्टार ब्याटसम्यान क्रिस गेलको धमाका जारी छ । वर्षाले प्रभावित खेलमा उनले अर्को अर्धशतकीय पारी  खेल्दै पञ्जावलाई चौंथो जित दिलादिलाउँदै अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याए। 

 

शनिबार कोलकाताले दिएको १ सय २५ रनको लक्ष्य पञ्जावले १ विकेटको क्षतिमा ११ बल बाँकी छदा पार गर्यो। पहिले ब्याटिङ्ग गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाए पनि पानी परेपछि पञ्जावले डकवर्थ लुइस नियम अनुसार १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको थियो ।

 

पञ्जावको जितमा  गेलले नटआउट ६२ रन जोडे । ३८ बल खेलेका गेलले ५ चौका र ६ छक्का प्रहार गरे । उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि उनले हैदरावाद विरुद्ध १ सय ४ र चेन्नई विरुद्ध ६३ रन जोडेका थिए।  

 

अर्का ओपनर लोकेश राहुल ६० रनमा आउट भए। उनले २७ बलमा ९ चौका र २ छक्का प्रहार गरे। त्यसअघि टस हारेर पिहले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १ सय ९१ रन जोड्यो। 

 

कोलकाताका लगि ओपनर क्रिस लियोनले ७४ रन बनाउँदा उनले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यद्यपी अर्का ओपनर सुनील नारिनले १ रनमै आउट भए। तर रोबिन उथप्पाले ३४ रन जोडेर कोलकाताको इनिङ मजबुत पारे। 

 

कप्तान दिनेश कार्तिकले ४३ जोडे । उनले २८ बलमा ६ चौका प्रहार गरे। बलिङतर्फ पञ्जावका बरिन्धर श्रान र आन्द्रे टएले २-२ विकेट लिए । जितपछि पञ्जाव चेन्नाइलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

पञ्जावले पाँचमध्ये चार खेल जित्दै आठ अंक बनाएको छ । चेन्नाइको पनि आठ अंक नै भए पनि रन औसतमा पञ्जाव शीर्ष स्थानमा उक्लिएको हो । सनराईजर्स हैदरावाद, कोलकाताले पनि ६–६ अंक जोडेपनि रनरेटमा पछि छन्।
 

क्रिस गेल आईपिएल

विशेष