खेल

इंग्लिस प्रिमियर लिग : लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग : लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकिएको छ । शनिबार रातीको खेलमा ७९ औ मिनेटसम्म २–० ले अघि रहे पनि त्यसपछि दुई गोल खाएपछि लिभरपुल अंक बाँड्न बाध्य भएको हो ।

 

लिभरपुलका लागि खेलको चौथो मिनेटमा इग्सले र ७२ औँ मिनेटमा सलाहले गोल गरेका थिए । तर वेष्टब्रोमका लिभरमोरले ७९ औँ र रोन्डोनले ८८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए ।

 

 तेश्रो स्थानमा रहेको लिभरपुलको ३५ खेलबाट ७१ अंक भएको छ । चौथो स्थानको टोटनह्यामको ३४ खेलबाट ६८ अंक छ । 

इंग्लिस प्रिमियर लिग फुटबल

विशेष