मनोरञ्जन

माधुरी र अनिल कपुरकाे जाेडी १८ वर्षपछि एकसाथ

माधुरी र अनिल कपुरकाे जाेडी १८ वर्षपछि एकसाथ

बलिउड स्टार अनिल कपुर र माधुरी दीक्षित पुनः एक पटक १८ वर्षपछि एकैसाथ देखिँदै छन् ।

 

यी जोडीले यस्तो परिचय बनाइसक्यो कि कि माधुरी र अनिल छुटाउँदा केही नपुगे नपुगेजस्तो लाग्ने गर्छ । यो जोडीको अनस्क्रिन रोमान्स ती प्रशंसकका लागि खुसीको खबर हुन सक्छ । 

 

लामो समयपछि एकैसाथ आउन लागेका यी दुई पछिल्लो पटक फिल्म लज्जामा २००१ मा सँगै देखिएका थिए । उनीहरु अब ‘टोटल धमाल’मा एकैसाथ देखिन लागेका हुन् । सुटिङ जारी रहेको फिल्मको फस्ट लुकसमेत सार्वजनिक गरिसकिएको छ । 

 

इन्द्र कुमारले निर्देशन गरेको यो फिल्मप्रति अनिल कपुरले हालै ट्विट गर्दै लेखेका थिए, सुटिङको पहिलो दिन निकै राम्रो लाग्यो ।

 

‘टोटल धमाल’को सुटिङ सुरु भएको छ, माधुरी दीक्षित, इन्द्र कुमार र म २६ वर्षपछि एकसाथ काम गर्दै छौं । हाम्रो क्षमता बेटा फिल्म गर्दाताकाकै जस्तो छ । यो यात्रा निकै रमाइलो हुनेवाला छ ।

 


टोटल धमालुको बारेमा कुराकानी गर्दै निर्देशक इन्द्र कुमारले आफू निकै उत्साहित रहेको बताएका छन् फिल्ममा अनिल कपुर र माधुरी पतिपत्नीको भूमिकामा देखिनेछन् ।

 

अनिल र माधुरीको जोडीसँगै अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, सञ्जय मिश्राको अभिनय रहने फिल्म यसै वर्षको डिसेम्बर ७ मा रिलिज हुनेछ । 

 

अनिल र माधुरीले हिफाजतु, तेजाबु, परिन्दाु राम लखनु, किशन कन्हैयाु, बेटाु, खेल पुकारु, दिल तेरा आशिक, घरवाली बाहरवालीलगायत फिल्ममा काम गरिसकेका छन् । 

माधुरी दिक्षित अनिल कपुर

विशेष