अर्थ मुख्य समाचार

अब हरेक नेपालीलार्इ दुई हजार ऋणकाे भारी

अब हरेक नेपालीलार्इ दुई हजार ऋणकाे भारी

काठमाडौँ । नेपालीको कूल ऋण रु २ हजार १४७ रुपैयाँले बढ्न गएको छ। 

 

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो। महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ। 

 

आन्तरिक ऋण रु २ खर्ब ८३ अर्ब ७१ करोड रहेको छ। यस्तै वैदेशिक ऋण रु ४ खर्ब १३ अर्ब ९८ करोड रहेको छ। उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो। त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ। 

 

कूल जनसंख्या २ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ।रासस

विशेष