खेल

लिभरपुलका स्ट्राइकर सलाह बने वर्ष खेलाडी

लिभरपुलका स्ट्राइकर सलाह बने वर्ष खेलाडी

काठमाडाैं । लिभरपुलका स्ट्राइकर मोहमद सलाहले प्रोफेसनल फुटबल एसोसिएसनले प्रदान गर्ने पिएफए प्लेयर अफ द इयरको उपाधि जितेको छन्। 

 

एसोसिएसनले सोमबार २०१७-१८ को उत्कृष्ट खेलाडीको अवार्ड लिभरपुलका स्टार सलाहलाई दिने घोषणा गरेको थियो। २५ वर्षीय सलाहले केभिन डि ब्रुयन, हेरी क्यान,लेरोई सानो, डेविड सिल्भा र डेभिड डे जियालाई पछि पारेका थिए। 

 

सलाहले यो सिजन प्रिमियर लिगमा ३३ खेल खेल्दा ३१ गोल गरेका छन् भने ९ वटा एसिस्ट गरेका छन्। म्यान्चेष्टर सिटीका लेरोई सानेले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। चेल्सीकी फ्रान किर्बीले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाइन्।  

 

यस्तै उत्कृष्ट महिला युवा खेलाडी भने ब्रिस्टोल सिटीकी लउरेन हेम्प घोषित भइन् । अवार्ड जितेपछि सलाहले फुटबलरको रुपमा यति धेरै विश्वास गरेर भोट गर्ने सबैमा धन्यवाद दिए। 

 

उनले आफ्नो तर्फबाट सँधै राम्रो गर्ने विश्वासपनि दिलाए। उनले फुटबलरका रुपमा आफुले सँधै राम्रोको प्रयास गरेको भन्दै त्यसका लागि प्रेरित गर्ने सबैलाई धन्यवाद दिए। एजेन्सी
 

मोहमद सलाह वर्ष खेलाडी

विशेष