अपराध सुरक्षा भिडियो कभर स्टोरी

काठमाडौं प्रहरी प्रमुख पोखरेलले दीपक मनाङेको बारेमा ३ महिनाअघि नै यस्तो बोलेका थिए (भिडियो)

एसएसपी पोखरेलको सुरक्षा मिसन

काठमाडौं प्रहरी प्रमुख पोखरेलले दीपक मनाङेको बारेमा ३ महिनाअघि नै यस्तो बोलेका थिए (भिडियो)

काठमाडौं । देशको राजधानी त्यसै पनि सुरक्षाका हिसावले संवेदनशील क्षेत्र मानिन्छ । ठूला अपराधका घटना यहीँ धेरै हुन्छन् । नेपाल प्रहरीको लागि पनि सर्वाधिक चुनौतीको विषय हो राजधानी ।

 

यहाँको सुरक्षा व्यवस्था व्यवस्थित पार्ने भन्दै काठमाडौं जिल्ला प्रहरी प्रमुखको रुपमा विश्वराज पोखरेल केही महिनाअघि मात्रै नियुक्त भए ।

 

हेटौंडामा आफ्नो क्षमता देखाएर आएका पोखरेलको लागि राजधानीको सुरक्षा व्यवस्था एक कठिन परिक्षा पनि हो । त्यसो त, पोखरेलले नेपालआजसँग नियुक्ति भएलगत्तै पहिलो पटक नेपालआजसँग दिएको अन्तरवार्तामा यसबारे धेरै चर्चा गरेका थिए ।

 

उनले अपराध नियन्त्रणको लागि कसैसँग कुनै सम्झौता नगर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ‘दोषी ठहर भएका भिआईपीहरुलाई पनि पक्राउ गर्न सक्नुहुन्छ ?’ भनेर हामीले सोधेका थियौँ ।

 

अदालतले दिएको आदेश बमोजिम जतिसुकै माथिल्लो तहको व्यक्तिलाई पनि पक्राउ गर्न पछि नहट्ने पोखरेलको चुनौती थियो ।


मिसन ‘दीपक मनाङे’
 

अदालतले अपराधी ठहर गरेका व्यक्ति पनि खुलेआम हिँड्ने अवस्था नेपाल जस्ता मुलुकको गम्भीर समस्या रहँदैआएको छ । हामीले प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्यमा निर्वाचित मनाङका राजीव गुरुङ ‘दीपक मनाङे’ (जसलाई अदालतले अपराधी ठहर गरिसकेको थियो’, लाई लक्षित गरी सांसद भइसकेका व्यक्तिलाई पनि पक्राउ गर्न सक्नुहुन्छ ? भनी एसएसपी पोखरेललाई सोधेका थियौँ ।

 

पोखरेलले निर्धक्कसाथ भनेका थिए, ‘अदालतको आदेश छ भने संसद भवनभित्र छिर्दै गरेको अवस्थामा पनि पक्राउ गर्छौँ ।’

 

पोखरेलले तीन महिनाअघि नेपालआजमार्फत सार्वजनिक रुपमा गरेको प्रतिबद्धता र दीपक मनाङेको पक्राउ संयोग नभएर योजना नै मान्नुपर्छ सायद् । आखिर पोखरेलले चुनौतीका साथ बोलेको कुरा लागू गरेरै छाडे ।


मिसन पूरा
 

सुरक्षाको हिसावले संवेदनशील क्षेत्र मानिने राजधानीको प्रहरी प्रमुखलाई चौतर्फी दबाब हुन्छ । सँगै प्रलोभन पनि उस्तै । सबैतिरबाट जोगिएर कार्यक्षमता देखाउनु नै महत्वपूर्ण मानिन्छ ।

 

पोखरेलले नियुक्त भएको ३ महिनामै आफूलाई पुष्टि गरे । बाँकी उनले आफ्ना योजना कसरी पूरा गर्लान् उनका आगामी गतिविधिले देखाउँनेछ ।

नेपाल प्रहरी विश्वराज पोखरेल दीपक मनाङे

विशेष