मुख्य समाचार

घनश्याम भुसाललाई केपी अाेलीकाे कडा ब्यंग्य, मुसाे जति विवेकशील पनि भएनन् !

आलोचकप्रति आक्रामक ओली

घनश्याम भुसाललाई केपी अाेलीकाे कडा ब्यंग्य, मुसाे जति विवेकशील पनि भएनन् !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्माले ओलीले पछिल्लाे केही महिनायता आर्थिक सम्मृद्धि र विकासकाे कुरा दाेहाेर्याउँदैअाएका छन् । तर उनकै पार्टीका नेता घनश्याम भुसाल लगायत नेताले अधिनायकवादकाे बाटाे भन्दै अालाेचना गर्न थालेका छन् ।

 

प्रधानमन्त्री अाेलीले जवाफी भाषण गर्दै भुसाललाई पनि ब्यंग्य गरे । भुसाल प्रति लक्षित गर्दै उनले भने, मैले आर्थिक सम्मृद्धि र विकासको कुरा गर्दा उनीहरुले विकासको नाममा अधिनायकवाद ल्याउन खोजेको भनेर हाँस्यास्पद तर्क गरिरहेका छन् ।

 

बुद्धिजिवीले मुसाले दाँत उध्याउन नयाँ लुगा काटे जस्तै, देशलाई अहित हुने कुरा लेखिरहेको अाेलीकाे टिप्पणी थियाे । भाषणकाे क्रममा बुद्दिजीवी भनी सम्बाेधन गरे पनि अाेलीकाे कटाक्ष भुसाल प्रति पनि थियाे । विकासकाे कुरा गर्दा अधिनायकवाद देख्नेहरु मुसाजत्तिको विवेकशील पनि नदेखिएको उनकाे टिप्पणि थियाे ।

 

ओलीले भने ‘मुसाले कपडा काटेन भने उसको दाँतको धार जान्छ । त्यसैले दाँत धारिलो बनाउन उसले लुगा काट्छ । मुसा अचेत प्राणी भएकाले पुरानो छानेर काट्दैन जुन भेट्यो त्यही काटिदिन्छ । तर बुद्धिजिवीले त दाँत धार लाउने हो भने पनि देशको पक्षमा लेखेर धार लाए हुने नि । तर जसो गर्दा देशको अहित हुन्छ त्यसैगरी धार लगाइरहेका छन् ।’

 

केही दिनअघि मात्रै एमाले नेता ङनश्याम भुसालले अाेलीले भन्दैअाएकाे विकास र सम्मृद्धिबारे कडा टिप्पणी गरेका थिए । विकासकाे नाराले अधिनायकवाद ल्याउने खतरा रहेकाे भुसालकाे तर्क थियाे ।

 

यस्तै अाेलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रति पनि कडा अालाेचना गरेका छन् । उनले भने, ‘नेपालमा यस्ता मान्छे पनि छन्, म भारतबाट फर्केपछि ओलीको भारत भ्रमण लम्पसारवाद हो भनेको सुनेँ । बिचरा कोही भारतमा लम्पसार पर्न गएको बेला लम्पसारवाद भनिएको थियो होला । उनलाई लाग्यो प्रधानमन्त्री भारतबाट फर्किएपछि लम्पसारवाद पो भन्नुपर्ने रहेछ । उनका कार्यकर्ता पनि हाम्रो सभापतिले भनेपछि हो हो भन्दै हिड्न बाध्य छन् ।’


पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्ट्रवाद खोक्रो वा भरिलो नहुने भन्दै उनले आफ्नो भारत भ्रमणलगत्तै देउवाले लम्पसारवादी भनेर टिप्पणी गरेकोमा व्यंग्य गरे ।

 

केपी अाेली घनश्याम भुसाल ब्यंग्य

विशेष