प्रवास

विदेशमा रहेका नेपालीलाई इमेलबाटै पुलिस रिपोर्ट

विदेशमा रहेका नेपालीलाई इमेलबाटै पुलिस रिपोर्ट

काठमाडौं । विदेशमा रहेका नेपालीलाई नेपालको चारित्रिक प्रमाणपत्र(पुलिस रिपोर्ट) बनाउन सहज भएको छ। अब इमेलबाट नै उनीहरुले प्रमाणपत्र पाउने भएका छन्। 

नेपाल प्रहरीले इमेलबाट नै आवश्यक कागजपत्र बुझेर इमेलमार्फत नै रिपोर्ट दिने प्रणाली सुरु गरेको हो। प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेका अनुसार प्रहरी प्रशासन कार्यालयको चालचलन शाखाको इमेल [email protected] मार्फत आवश्यक कागजपत्र सहित आवेदन दर्ता गरी सम्बन्धित व्यक्तिको इमेलमार्फत नै प्रहरी प्रमाणपत्र विदेशमा रहेका नेपालीलाई पठाइने छ। यसअघि विदेशमा रहेका नेपालीका आफन्तहरुले प्रहरी प्रधान कार्यालयमै गएर आवेदन दिनुपर्ने प्रावधान थियो। 


गौशला र कालिमाटी वृत्तबाट पनि सेवा सुरु 


त्यस्तै गौशला र कालिमाटी वृत्तबाट पनि प्रहरी रिपोर्टको सेवा सुरु भएको छ। यसअघि उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महाराजगञ्ज वृत्त, ललितपुर र भक्तपुर परिसरमार्फत प्रहरी रिपोर्टको काम हुने गर्दथ्यो। ती कार्यालयमा अत्याधिक भिड हुने भएकाले थप दुई कार्यालयबाट सेवा दिन थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 उपत्यका बाहिर विराटनगर, हेटौंडा, पोखरा, नेपालगञ्ज र धनगढीबाट पनि प्रहरी रिपोर्ट लिन पाइन्छ। 

विदेश नेपाली पुलिस रिपोर्ट

विशेष