अपराध सुरक्षा मुख्य समाचार

श्रेष्ठमाथि एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

श्रेष्ठमाथि एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

चितवन । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबारअपराह्न भरतपुर अस्पताल पुगेर उनले जानकारी लिएका हुन् ।

 

ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी त्यही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । 

 

खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरेकी थिइन । 

 

अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिए । 

 

‘यो दुःखद घटना घटेको हो, यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ’ उनले भने । गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताए । 

 

सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी  एकाे र छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताए ।

गृहमन्त्री एसिड प्रहार प्रहरीलाई कारबाही

विशेष