दिल्ली डेयरडेभिल्सका कप्तानीबाट गौतम गम्भीरकाे राजीनाममा
जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच खेलमा पराजित भएपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन्। उनले बुधबार कप्तानी छोडेका हुन्।
गम्भीरले ट्विट गर्दै आफूले व्यवस्थापन वा कोचमा दबाबमा कप्तानी नछाडेको दाबी गरेका छन्। बरू उनले आफूले कप्तानको दबाब झेल्न नसकेको बताएका छन्।
कप्तानका रूपमा उनको प्रदर्शन राम्रो भए पनि यो सिजन ब्याट्सम्यानका रूपमा उनी चल्न सकेका थिएनन्। ६ म्याचमा एक अर्धसतकसहित उनले ८५ रनमात्र बनाएका गम्भीरले ट्वी-ट्वान्टीमा चाहिने रफ्तारमा रन बनाउन सकेका थिएनन्।
ओपनर गम्भीरको यो सिजनको स्ट्राइक रेट ९६ मात्र थियो । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सहभागी रहेको दिल्ली डेयरडेभिल्सको नयाँ कप्तानमा श्रेयस ऐय्यर चयन भएका छन् ।
३६ वर्षका गम्भीरको ठाउँमा दिल्लीले २३ वर्षका ऐय्यरलाई कप्तान चुनेको हो। गम्भीरको कप्तानीमा दुई पटक कोलकोत्ता नाइट राइडर्सले आइपिएलको उपाधि जितेको थियो।
उनको नेतृत्वमा दिल्लीले यसपालिको संस्करणमा खेलेका ६ मध्ये ५ खेलमा पराजय बेहोरेको छ ।
सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्स आइपिएल