समाज अभिलेख

सत्यबारे जीवन दर्शन, जसले तपाईँको सोच्ने शैली बदलिदिन्छ

सत्यबारे जीवन दर्शन, जसले तपाईँको सोच्ने शैली बदलिदिन्छ

१, सत्य तितो हुन्छ ।
–चाणक्य

 


२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
– अज्ञात

 

३, पापी मानिस सत्यबाट डराउँछ ।
–सुकरात

 

४, समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।
–डिज्रायली

 

५, जोसंग सत्य छ , त्यो एकलै भए पनि बहुमतमा हुन्छ ।
–डगलस

 

६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन ।
–बेकन

 

७, सत्य बस्तुतः अन्त्यसम्म नै सत्य नै रहन्छ ।
–सेक्सपियर

 

८, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैनत्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।
–मिल्टन

 

९, सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।
–जर्मनेली उखान

 

१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलार्य एकाएक विश्वास गदैनन ।
–इल्किन

 

११, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।
–कार्लाइल

 

१२, सत्य बोल यदी त्यो तिम्रो विपरीत छ भने पनि ।
–कुरान

 

१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुदैन ।
–चसर

 

१४, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।
–बाल्मिकी

 

१५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।
–लक्ष्मीप्रसाद देवकोटा

 

१६, कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।
–भानुभक्त आचार्य

विशेष