मनोरञ्जन चाडै आउदैछ

करिश्मालाई मध्यरातमा भूतले तर्साएपछि...

करिश्मालाई मध्यरातमा भूतले तर्साएपछि...

भूत शब्दनै अत्यास लाग्दो शब्द हो। बालक देखि बृद्ध बृद्धासम्मलाई अत्याउने शब्द भूत दोहोरीमा प्रबेस भएको छ । प्रतिभाशाली गायक रबिन लामिछानेले आफ्नो गीतमा भूत देखाउन खोजेका छन् ।

 

स्टेजमा विशेष देखिने लामिछाने लाइभ दोहोरीका प्रख्यात गायक हुन् । उनको अनेकौ गीतहरु बजारमा आएसँगै यो गीतले अझ चर्चा बोटुल्दै छ। सोही क्रममा उनको नया गीत बजारमा आएको छ । भूत नाम दिएर बजारमा ल्याइएको गीतमा रबिन लामिछाने र देबी घर्ती मगरको आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि रबिन लामिछानेको रहेको छ।

 

करिश्मा ढकाल र नारायण न्यौपानेको अभिनय रहेको गीतको निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् । सुधन बस्नेतको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार भिडियो भने गुरुआमा फिल्म्सले निर्माण गरेको छ ।
भिडियो हेर्नुहोस् :

विशेष