अपराध सुरक्षा मुख्य समाचार

रहस्यमय बन्दै ३३ किलो सुन प्रकरण : समातिन थाले प्रहरीको उच्च अधिकारी नै !

रहस्यमय बन्दै  ३३ किलो सुन प्रकरण : समातिन थाले प्रहरीको उच्च अधिकारी नै !

काठमाडौं । हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । 

 

सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समातिन थालेपछि सुरक्षाकर्मीसँगकै मिलेमतोमा यो घटना भएको आशंकामा थप बल पगेको छ । 

 

यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ तर पनि सुन कहाँ छ भन्ने खुल्न सकेको छैन । 

 

गृह मन्त्रालयले गठन गरनविन समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्वप्रहरीनायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ ।,यो खबर आजको नागरिक दैनिकमा छ । 

३३ किलो सुन प्रकरण समातिन थाले प्रहरी

विशेष