इतिहासमा आज मुख्य समाचार

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

काठमाडाैं। नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो । 

 

‘भारत छोड’ आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।

 

२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनलेल सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उजले १७ वर्ष जेल जीवन बिताएका थिए ।

 

अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका िथए । उनी नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ । 

मनमोहन अधिकारी स्मृति दिवस

विशेष