मनोरञ्जन

भोलि शुक्रबारदेखि दया र प्रियंकाको ‘ह्याप्पी डेज’ अाउदैं

भोलि शुक्रबारदेखि  दया र प्रियंकाको  ‘ह्याप्पी डेज’ अाउदैं

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेज’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सुस्त यो‘’ बोलको रोमान्टिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक मुडमा प्रस्तुत  भएका छन् ।

 

ताराप्रकाश लिम्बूकाे संगीत रहेको गीतमा नरेश भट्टराईको शब्द रहेकाे छ । गीतमा संगीतकार ताराप्रकाश लिम्बु र दीपा लामाले स्वर दिएका छन् ।

 

मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ र प्रियंकासँगै संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ । ‘ह्याप्पी डेज’ मा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनालको लगानी छ ।

नेपाली चलचित्र प्रियंका कार्की दयाहाङ राई

विशेष