मनोरञ्जन स्वास्थ्य

आमा बनेपछिकी करिना कपूरको फिटनेस रहस्य

आमा बनेपछिकी करिना कपूरको फिटनेस रहस्य

काठमाडौं । बलिउडमा आकर्षक र सबैभन्दा फिट अभिनेत्रीमा करिना कपूरको नाम सबैभन्दा अग्रपंक्तिमा छ । उनी फिटनेस, लुक्स र फेसनका लागि सधैं सजग रहन्छिन् ।

 

शैफ अलि खानसंग बिहे गर्नुअघि जिरो फिगरका लागि फिल्म उद्योगमा चर्चित थिइन् । बिहेपछि उनी आमा पनि बनिन् । तर त्यसपछि उनले करिब १२ किलो तौल घटाएर चर्चामा आइन् । गर्भवती र आमा बनेपछि हुने शारीरिक परिवर्तनलाई हराएर पहिलेजस्तै बोल्ड शरीर बनाउन सफल भइन् ।

 

यो सफलताका पछाडि उनले नियमित रुपमा गर्ने अभ्यास नै मुख्य कारण मानिएको छ, जसलाई ‘पाइलेट्स एक्सरसाइज’ भनिन्छ।

 

केही समययता बलिउड अभिनेत्रीबीच ‘पाइलेट्स एक्सरसाइज’ निकै लोकप्रिय छ । दीपिका पादुकोण, आलिया भट्ट, क्याटरिना केफ र ज्याक्लिन फर्नान्डिसजस्ता चर्चित अभिनेत्रीहरुले यो अभ्यासबाट फिटनेस प्राप्त गरेका छन् ।

तर पनि यो त्यति सजिलो भने छैन । हालै करिनाकी पर्सनल ट्रेनर नम्रता पूरोहितले करिनाको फिटनेस रहस्य ‘पाइलेट्स एक्सरसाइज’ भएको बताउँदैं केही तस्बिरहरु सन्चारमाध्यममा सार्वजनिक गरेकी थिइन् । 

 

के हो पाइलेट्स एक्सरसाइज ? फिटनेसका क्रेजीका लागि यो अभ्यास संसारभर नै लोकप्रिय भइरहेको छ । बलिउडका अलावा हलिउडमा पनि यसका प्रशंसक छन् ।

 

यो अभ्यासको वास्तविक नाम कन्ट्रोलोजी हो, यो नाम अध्ययनकर्ता जोसेफ पाइलेटले राखेका थिए । तर पछि उनै पाइलेटको नाममा यसको नाम पाइलेट्स एक्सरसाइज भयो ।

 

केही पाइलेट्स अभ्यास गर्न केही मेसिन आवश्यक पर्छ  । तर प्रारम्भिक खालको अभ्यास भने घरमै बसेर गर्न सकिन्छ । यो शरीरको लचकपन (फ्लेक्जिबिलिटी) र मजबुतीका आधारमा गर्नुपर्ने हुन्छ । यसबाट दिमाग ताजा राख्न सकिन्छ । यसका अनुसन्धानकर्ता जोसेफ पाइलेटका अनुसार दिमागले नै शरीरको मांसपेशी नियन्त्रण गर्छ । एजेन्सी

बलिउड फिटनेस करीना कपूर

विशेष