अपराध सुरक्षा मुख्य समाचार

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विस्फोट गराउने ५ पक्राउ

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विस्फोट गराउने ५ पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा बिष्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ।

 

पक्राउ पर्नेहरुमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्। लतिलपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरेसहित ५ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। त्यस्तै बाबुराम राई, धिरेन्द्र कुमारी उपाध्याय,सफल बाबु कुँवर, विकास महर्जन छन्। 

 

घिमिरेलाई बिहिबार नै प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका अन्यलाई शुक्रबार अदालतमा उपस्थित गराइने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।

 

गत आइतबार साँझ यादबको घरमा शक्तिशाली बम बिष्फोट गराइएको थियो। बिष्फोटमा उनको घरका सिसाहरु फुटेका थिए भने पर्खाल समेत भत्किएको थियो। 
 

अयोधिप्रसाद यादब घरमा बिष्फोट

विशेष