खेल

यु-१६ क्रिकेट : प्रदेश २ र प्रदेश ७ विजयी

यु-१६ क्रिकेट : प्रदेश २ र प्रदेश ७ विजयी

काठमाडौं । मनमोहन मेमोरियल यु-१६ इन्टर प्रोभिन्स क्रिकेट प्रतियोगिताको समूह 'ए' को खेलमा प्रदेश २ र प्रदेश ७ विजयी भएका छन्। शुक्रबार भएको खेलमा प्रदेश २ ले प्रदेश ४ लाई ७ विकेटले पराजित गरेको हो। 

 

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले २८.३ ओभरमा सवै विकेट गुमाएर १ सय रन जोड्यो। प्रदेश ४ का लागि अनित बरालले २९ र इशान श्रेष्ठले २३ रन जोडे। बलिङतर्फ प्रदेश २ का निखिल सिंहले ४ विकेट लिए। 

 

१ सय १ रनको लक्ष्य प्रदेश २ ले १३.५ ओभरमा ३ विकेटको क्षतिमा परा गर्यो।  उसका लागि इमरान शेखले ३३ र त्रितराज दासले २८ रन जोडे। 

अर्को खेलमा प्रदेश ७ ले प्रदेश प्रदेश ५ लाई ७१ रनले हरायो। पहिले ब्याटिङ गरेको प्रदेश ७ ले ३० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन जोड्यो। प्रदेश ७ का लागि विनोद खत्रीले ५२ रन जोडे। 


बसय ७० रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २३.४ ओभरमा ९८ रन मात्र जोड्न सक्यो। प्रदेश ५ का लागि कुशल मल्लले सर्वाधिक ३२ रन जोडे। बलिङतर्फ प्रदेश ७ का नारायण जोशी र नरेन्द्र साउदले ३–३ विकेट लिए।

यु-१६ क्रिकेट

विशेष