इतिहासमा आज- विश्वकै ठुलाे कम्पनी माइक्रोसफ्टको स्थापना दिवस
- ४, अप्रिल (जन्म): डेभिड ब्लेन (सन् १९७३)
- बि.स. २०३१ (सन् १९७५) - बिल गेट्स तथा पाउल एलेनको साझेदारीमा माइक्रोसफ्टको स्थापना गरिएको थियो ।
माइक्रोसफ्ट कर्पोरेशन एउटा बहुराष्ट्रिय संस्था हो, जसको वार्षिक आम्दानी करीब ४४.२८ अर्ब जति छ। जुलाई २००६ सम्मको तथ्यांक अनुसार यो संस्थाको १०२ वटा देशका शाखाहरूमा करीब ७१,५५३ कर्मचारीहरू कार्यरत छन् । यसले धेरै किसिमका कम्प्युटिड उत्पादनहरू बनाउने, लाईसेन्स प्रदान गर्ने र सहयोग गर्ने काम गर्दछ। यसको प्रमुख कार्यालय रेडमन्ड, वाशिंग्टन, यु एस एमा छ।
यसका सर्वाधिक बिक्रि हुने उत्पादनहरू विन्डोज अपरेटिड सिस्टम र माइक्रोसफ्ट अफिस सुट हुन्। यी दुबै उत्पादनहरू बजारमा सर्वाधिक पाइने उत्पादन मध्य पर्दछन्।
माइक्रोसफ्ट स्थापना दिवस