पन्जाबविरुद्ध हैदरावाद १३ रनले विजयी
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई १३ रनले हराएको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादलाई पन्जाबले ६ विकेटको क्षतिमा १३२ रनमा रोकेको थियो । तर, १३३ रनको सहज लक्ष्य पनि पन्जाबले भेटाउन सकेन । जवाफी व्याटिङमा उत्रिएको पन्जाब १९ ओभर २ बलमा अलआउट हुँदै ११९ रनमात्र बनाउन सक्यो ।
हैदरावादका लागि राशिद खानले ३ विकेट । शाकिब अल हसन, बसिल थम्पी र सन्दिप शर्माले २-२ विकेट लिए । पन्जाबका लागि लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाउँदै पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।
राशिद खानको पहिलो शिकार लोकेश राहुल भए । हैदरावादविरुद्ध अघिल्लो खेलमा शतक प्रहार गरेका क्रिस गेल थम्पीको शिकार बने । टिमकाे स्काेर ५७ रन हुदा कप्तान रविचन्द्रन आश्विनले चार रन मात्र बनाउन सके ।
यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि मनिस पाण्डेले ५४ रनको योगदान गरे । शकिब अल हसनले २८, युसुफ पठानले २१ र शिखर धवनले ११ रन बनाए ।
बलिङतर्फ पन्जाबका अंकित राजपुतले पाँच विकेट झारे । एक विकेट मुजिव उर रहमानको नाममा रह्यो । ७ मध्ये ५ खेल जितेको हैदरावाद १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलमा समान १० अंक नै बटुलेको चेन्नाई शीर्ष स्थानमा छ । ७ खेल खेलेको पञ्जाबको पनि समान १० अंक भए पनि नेटरनरेटकाे अाधारमा तेश्रो स्थानमा छ ।
आईपीएल सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाब