च्याम्पियन्स लिगमा लिभरपुल र सिटीमा कसले मार्ला बाजी
सिटीका प्रशिक्षक पेप गार्डिओला डराए
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले लिभरपुलका तीन फरवार्डलाई रोक्न लगभग असम्भव हुने बताएका छन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी र लिभरपुलबीच नेपाली समयअनुसार बिहीबार राति साढे १२ बजे प्रतिस्पर्धा हुँदैछ ।
च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब बाँकी रहेकोमा क्वाटरफाइनलमा दुवैको भेटले खेल महत्वका साथ हेरिएको छ ।
खेलअघि सिटीका प्रशिक्षक ग्वार्डिओले मोहम्मद सलाह, रोबर्टो फर्मिनो र सडियो मानेलाई रोक्न कठीन हुने बताए ।
प्रिमियर लिगमा म्यानचेष्टर सिटीपछि सबैभन्दा धेरै गोल गर्ने टिम लिभरपुल नै हो । शीर्ष स्थानको सिटीले ३१ खेलमा ८८ गोल
गरेको छ भने तेस्रोमा रहेको लिभरपुलले ३२ खेलमा ७५ गोल गरेको छ ।
लिभरपुलका मोहम्मद सलाह एक्लैले ३७ गोल गरेका छन् । माने र फर्मिनोले ३८ गोल गरेका छन् । ‘सलाहको मात्रै डर होइन, माने र फर्मिनो पनि कडा छन् । उनीहरुलाई रोक्न लगभग असम्भव छ’ गार्डिओलाले भने ।
पि्रमियर लिगमा यसपटक लिग लिडर म्यानचेष्टर सिटीलाई हराउने एकमात्र टिम पनि लिभरपुल हो । १४ जनवरीमा लिभरपुलले सिटीलाई ४-३ ले हराएको थियो ।
यद्यपि यो च्याम्पियन्स लिगको क्वार्टरफाइनल भएकाले आफूहरुका लागि केही सहज हुने उनले बताए ।