प्रवास भिडियो कभर स्टोरी नेपाल आज विशेष

खाडी मुलुकबाट डरलाग्दो खुलासाः नेपाली राजदूतहरु मानव बेचबिखन गरेर करोडौं कमाउँछन् ! (भिडियो)

खाडी मुलुकबाट डरलाग्दो खुलासाः नेपाली राजदूतहरु मानव बेचबिखन गरेर करोडौं कमाउँछन् ! (भिडियो)

काठमाडौं । विदेशमा काम गर्न जाने नेपालीको संख्या ४० लाख बढी छ । जसमध्य अधिकांश खाडी मुलुकमा काम गर्छन् । र सबैभन्दा दयनीय अवस्था छ, खाडी मुलुकमा जानेहरुको ।

 

विदेश जानुअघि नेपालबाट दलालको पञ्जामा परिसकेका उनीहरु उता दुःखमा नपाउने कुरानै भएन । कानुनी रुपमै त्रुटी भएपछि विदेशमा जटिलता आउनु स्वभाविक भयो ।

 

त्यसो त, दिनप्रति दिन विदेशमा रहेका नेपाली कामदार बिचल्लीमा परेको खबर आउँछ । तर यस्तो समस्यालाई सम्बन्धित नियकायले भने गम्भिरता पूर्वक लिएको देखिन्न ।

 

खाडी मुलुकमा किन पर्छन् नेपाली कामदार चरम समस्यामा ? सरकार स्वयं कति जिम्मेवार छ ? यसबारे सरकारले कस्तो नीति ल्याउनु आवश्यक छ ? कामदार कसरी फस्छन् दलालको जालोमा ?


सबैभन्दा उदेकलाग्दो त के भने, विदेशमा नेपाली कामदार आपतमा परिरहँदा पनि राजदूतावासले कुनै चासो देखाउँदैन । राजदूतहरु स्वयं नेपाली कामदारको समस्याबाट भागि रहन्छन् ।

 

आम युवाहरुको यस्तो गम्भीर विषयलाई हामीले यसपटक बहसमा प्राथमिकता दिएका छौँ । नेपालआजका लागि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चनक पोखरेलसँग लोकेन्द्र भट्टले बहस गरेका छन् ।

 

पोखरेलले राज्यको लापरवाहीकै कारण नेपाली कामदार समस्यामा फस्ने गरेको बताउँछन् । यसैमाथि राजदूतावास गैररजिम्मेवार भइदिने गरेको दुखव अवस्था उनले बताएका छन् ।

 

अध्यक्ष पोखरेलले भने, ‘कतारी नागरिक आफैँमा खराब छैनन् । अन्य देशबाट आएका मानिसले सबै कामको जिम्मा लिएका हुन्छन् । तर उनीहरु कतारको बदनाम गराउने हेतुमा काम गरिरहेको बखत तल्लो स्तरको कामदारले समस्या भोग्नु पर्छ ।’

 

कामदारको हकहितका लागि भनी विभिन्न संघसंस्था पनि स्थापना भएका छन् । तर त्यस्ता संस्था र दूतावासबीच समन्वय हुन नसकिरहेको पोखरेलको स्वीकारोक्ति छ ।
 

उनले भने, ‘कतारमा ४ लाख ५० हजार कामदार छन् । सानातिना समस्या भइरहन्छन् । तर ती समस्यालाई समधान गर्न दूतावास तत्पर हुँदैन । बरु हामी नै लागिपरेका छौँ ।’

 

दुतावासमा काम गर्ने कमचारीको पनि ठूलो लापर्बाही हुने गरेको पोखरेलको भनाइ थियो । उनले थपे, ‘सरकारले त्यस्ता कर्मचारीलाई र राजदूतलाई नै कारबाहीको दायरमा ल्याउनुपर्छ । तब मात्रै कादारलाई सहज हुन्छ ।’


मानव बेचबिखनमै राजदूत !
 

नेपालमा डरलाग्दो तरिकाले मौलाएको मानव बेचबिखनमा राजदूतहरुको समेत संलग्नता हुने गरेको पोखरेलले खुलासा गरेका छन् ।

 

पोखरेलले भने, ‘राजदूत नियुक्त हुनुअघि ठूलो धनराशी तिरेको हुन्छ । पदमा आएपछि लगानी उठाउन पनि मानव बेचबिखन जस्तो गतिविधिमा लाग्छन् । सरकारले यस्ता घटना खोजेर कडा कारवाही गर्नुपर्छ ।’

राजदूत मानव बेचबिखन चनक पोखरेल

विशेष