खेल मुख्य समाचार

यस सिजनमा निकै सुस्त देखाएकाे मुम्बईले पक्रेला त गति ?

यस सिजनमा निकै सुस्त देखाएकाे मुम्बईले पक्रेला त गति ?

इण्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटको सर्वाधिक सफल टोली हो, मुम्बई इण्डियन्स। तीन पटकको उपाधि विजेता मुम्बई गत सिजनको पनि च्याम्पियन टोली हो।

 

तर यस सिजनमा भने च्याम्पियन टोलीको गति निकै सुस्त छ। ६ खेल खेलिसक्दा ५ मा हार र १ मा मात्रै जित निकाल्न सकेको छ। २ अंकसहित अंकताकिाको पुछारमा छ।

 

चेन्नाई सुपरकिंग्स प्रतियोगिताको अर्को सफल टोली मध्येको एक हो। दुई चोटी प्रतियोगिताको उपाधि उचालेको चेन्नाई यससिजनमा मुम्बईसँग बराबरी गर्ने दाउमा छ।

 

समान ६ खेल खेलेको चेन्नाई ५ मा जित र १ मा हारको नतिजासहित शीर्षस्थानमा छ। आज(शनिबार) यीनै दुई शीर्ष र पुछारमा रहेका टोलीहरु सातौं खेलमा पुनेमा भिड्दैछन्।

 

मुम्बईका लागि यो खेलबाट गति पक्रनु जरुरी छ। किनकी योसँगै एक अर्को खेल हारे मुम्बईको प्लेअफ सम्भावना सकिनेछ। तर, मुम्बईको गतिमा ब्रेक लगाउन चेन्नार्इको चुनौती कडा हुनेछ।

 

चेन्नाईको ब्याटिङ अर्डर सोलिड देखिएको छ। ओपनिङ बलरहरुले राम्रो प्रदर्शन जारी राखेका छन्। डुविन ब्रावोको बल र ब्याट दुवै चल्दैछ। कप्तान महेन्द्रसिंह धोनी पनि लयमा देखिन्छन्। बैंग्लोरविरुद्ध मात्रै उनले ४३ बलमा नटआउट ७० रनको पारी खेलेका थिए। 

 

चेन्नाईका ब्याट्सम्यानलाई मुम्बईका बलरहरुअघि मुख्य चुनौती हुनेछन्। मुम्बईको मध्यक्रम पनि चल्न सकेको छैन्।

 

यी दुई टोलीबीच सिजनको उद्घाटन खेलमा भेट भएको थियो। १ सय ६६ रनको लक्ष्य पछ्याएको चेन्नाईले १७ औं ओभरमा १ सय १८ रनमात्रै जोड्न सकेर ८ विकेट गुमाइसकेको थियो।

 

हारको संघारमा रहेको चेन्नाईलाई बाव्रोले आक्रामक पारी खेल्दै उकासेका थिए। बाव्रोले ३० बलमा ६८ रनको इनिङ खेलेपछि उक्त खेल चेन्नाईले एक बल बाँकी छँदा १ विकेटले जितेको थियो।

विशेष