अन्तरवार्ता भिडियो कभर स्टोरी

गायिका दिपाको स्वीकारोक्तिः केटाहरु मलाई नपाए मर्छु भन्थे, सबलाई साइड लगाएँ (भिडियो)

डेउडा गायिका दिपाको रोचक अनुभव

गायिका दिपाको स्वीकारोक्तिः केटाहरु मलाई नपाए मर्छु भन्थे, सबलाई साइड लगाएँ (भिडियो)

‘गायनमा लाग्नु भनेको भाँड बन्नु हो’ भन्ने सुदुरपश्चिमतिरको गलत मान्यतालाई लत्याउँदै दार्चुलाकी दिपा रोकाया देउडा गायिका बनिन् ।

 

धनगढी आएर गायिका रोकायाले ‘ब्यान तारो आईगयो’ बोलको गीत गाएपछि उनको नाम चिनिन थाल्यो । सुदुरपश्चिमका स्वर सम्राट भनी चिनिने भुवनप्रसाद दाहालसँगै गाएकी रोकाया पहिलो गीतबाटै देउडाका स्रोतामाझ लोकप्रिय बनिन् ।

 

पहिलो गीतबाट पाँच सय पारिश्रमिक पाएकी रोकायाको गायन अहिले उकालो यात्रामा छ ।

डेउडाको प्रभाव

डेउडा गीत सुदुरपश्चिमको मौलिकपन दर्शाउने गीत हो । सुदुरपश्चिम तिर वनपाखामा घाँस–दाउरा, विवाह, ब्रतबन्ध, मेला–पर्व, भुँवाभस्सोमा गाइन्छ ।

 

पछिल्लो समय देउडामा नयाँ पुस्ताको आकर्षण देख्दा उत्साही बनेको बताउँछिन् रोकाया । सँगै विकृति भित्रिएकोमा गुनासो छ । पप, र्याप गाउनेहरुले डेउडा गाइदिँदा यसको परम्परागत लय, शैली र प्रस्तुती नै बिग्रेको उनले बताइन् ।

 

रोकायाले भनिन्, ‘अहिलेका गीतमा कतिपय शब्द नै सुन्न सकिँदैन । जसले डेउडाको मर्म नै नारिदिन्छ । तर डेउडा नै गाउनेहरु यसमा सचेत हुनुपर्छ ।’

डेउडा सुदुरपश्चिम दिपा रोकाया

विशेष